नियम
१ व्यावसायिक आचारसंहिता
ः (१) ऐनको दफा ९ खण्ड (ङ) र दफा १८ को उपदफा (१)
को खण्ड (ग) को प्रयोजनको लागि दर्तावाला फार्मेसी व्यवसायीले फार्मेसी व्यवसाय गर्दा
पालना गर्नुपर्ने व्यावसायिक आचारसंहिता देहाय बमोजिम हुनेछ –
(क) व्यावसायिक ज्ञान र सीपको प्रयोग गर्दा धर्म, वर्ण, लिङ्ग र
सामाजिक जातजाति वा अन्य कुनै पनि कुराको आधारमा कुनै
पनि व्यक्ति उपर भेदभाव गर्नु हुँदैन ।
(ख) आफूले अध्ययन गरेको विषय वा हासिल गरेको ज्ञान र सीपसँग
सम्बन्धित क्षेत्रभित्रको मात्र कार्य गर्नुपर्नेछ ।
(ग) सेवा बापत पाउने पारिश्रमिक, भत्ता तथा अन्य सुविधा बाहेक
फार्मेसी सेवाको प्रचार प्रसार गरी कुनै किसिमको अनुचित
आर्थिक लाभ प्राप्त गर्न वा फार्मेसी व्यवसायमा आँच आउने
किसिमको कुनै अनुचित क्रियाकलाप गर्नु गराउनु हुँदैन ।
(घ) आफूले गर्नुपर्ने फार्मेसी व्यवसाय सम्बन्धी प्रत्येक काम
व्यक्तिगत रुपमा उत्तरदायित्व लिने गरी गर्नुपर्नेछ ।
(ङ) दर्तावाला प्रत्येक फार्मेसी व्यवसायीले आफ्नो नाम अध्यावधि
गराउनु पर्नेछ ।
(२) उपनियम (१) मा लेखिएदेखि बाहेक फार्मेसी व्यवसायीले पालना गर्नुपर्ने
व्यावसायिक आचारसंहिता परिषदले समय–समयमा तोके बमोजिम हुनेछ ।
(३) व्यावसायिक आचारसंहिताको पालना गर्नु गराउनु सम्बन्धित सबैको कर्तव्य
तथा जिम्मेवारी हुनेछ ।